
उदयपुर, मंसिर ९ गते ।
उदयपुरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । “समान्ताको पुस्ता : बलत्कार विरुद्धको ऐक्यबद्धता” भन्ने मुल नाराको साथ सोमबारदेखि अभियान सुरु भएको हो ।
सदरमुकाम गाईघाटको पिपल चौकबाट ¥यालिकासाथ बजार परिक्रमा गरी उक्त पिपल चौकमा कार्यक्रम गरेर अभियानको सुभारम्भ गरेको थियो । जिल्लाको सवै स्थानीय सरकारलाई लैंगिक हिंसा विरुद्ध जिम्मेवार बनाउने उद्देश्यका साथ १६ दिन संचालन हुने अभियान सुरु गरेको मुल समारोह समितिले जनाएको छ ।
गत वर्षहरुमा सदरमुकाममुखी अभियानलाई यस वर्ष ४ गाउँपालिका र ४ नगरपालिका गरी जिल्लाको ८ वटै पालिकामा अभियान संचालन गर्ने मुल समारोह समितिका संयोजक तथा जिल्ला समन्वयन समिति उदयपुरका उप–प्रमुख गंगा राईले बताईन् ।
बढ्दो लैंगिक हिंसा नियन्त्रण गर्नका लागि विशेष स्थानीय तह जिम्मेवार बन्नु पर्ने भएकाले यस वर्षको अभियान गाउँ–गाउँमा संचालन हुने संयोजक तथा उप–प्रमुख राईले बताईन्े । यसमा सवैको उतिकै जिम्मेवारी हुने भएकाले आफ्नो तहबाट जिम्मेवारी वहन गर्दै महत्वपूर्ण भुमिका खेल्न उनले आग्रह गरेकी छिन् ।
भाषण भुषणले मात्रै लैंगिक हिंसाको अन्त्य नहुने भएकाले यसको मुख्य समस्याको समाधान खोज्नु पर्ने १ न. प्रदेश सांसद विमल कार्कीले बताए । लैंगिक हिंसाको अन्त्य गर्नका लागि योजना बनाएर समस्याको पहिचान गरी समाधान गर्नु पर्ने उनले बताए ।
ठूलो र लामो संघर्षले महिलाको हक अधिकार संविधानमा लेखिएको भएपनि कतिपय अझै कार्यन्वयन हुन सकेको छैन । कार्यन्वयन गर्नका लागि पनि संघर्ष नै गर्नु पर्ने अवस्था रहेको १ नं प्रदेश सांसद अम्बिका थापाले बताईन् । अधिकार पाएपनि अधिकारको महशुस गर्न बाँकि नै रहेको उनले बताए ।
आर्थिक समस्याले गर्दा पनि लैंगिक हिंसा नियन्त्रण हुन नसकेको जिल्ला समन्वयन समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले बताए । महिला अधिकारले संविधानमा स्थान पाएपनि कार्यन्वयन हुन नसकेकै कारण लैंगिक हिंसा भएको उनले बताए ।
