Monday, May 4News That Matters

लोमान्थङ गाउँपालिकाले राजा झिग्मि सिङ्गी पलवरको छोराको विवाहमा दियो सर्वाजनिक विदा

पूर्णपुष्टि, असार १८ ।मुस्ताङको लोमान्थङ गाउँपालिकाले राजा झिग्मि सिङ्गी पलवर विष्टको छोराको विवाहमा सार्वजनिक विदा दिएको छ ।

गाउँपालिकाको अध्यक्ष टसि न्हर्वु गुरुङले आईतबार निकालेको सार्वजनिक विदा सुचनामा मुस्ताङ्गी ऐतिहासिक, सांकृतिक तथा धार्मिक राजा झिग्मि सिङ्गी पलवर विष्टका जेष्ठ छोरा झिग्मि धिण्डुप फुन्छोक पलवर विष्टको शुभ–विवाह उत्सव लोमान्थङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रमका साथ मनाउन लागिएकोले असार १८ गते सोमबार बिदा दिईएको उल्लेख छ ।

सुचनामा भनिएको छ ‘गाउँ कार्यपालिकाको कार्यालय, मातहतमा सम्पुर्ण कार्यलय तथा शिक्षण संस्थाहरुमा सार्वजनिक बिदा दिईएको व्यहोरा सम्बन्धित सबैलाई जानकारीको लागी अनुरोध छ ।