Tuesday, June 30News That Matters

वडाध्यक्षले चलाएको कारले ठक्कर दिँदा एक जनाको मृत्यु

पूर्णपुष्टि, भदौ ६ गते ।
मोरङको बेलबारी–११ का वडाध्यक्ष विक्रम राईले चलाएको कारले ठक्कर दिँदा एक जना पैदलयात्रीको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्गको दमकस्थित चिया बगान क्षेत्रमा राईले चलाएको कारले ती र्पैदलयात्रुलाई ठक्कर दिएको थियो ।
शनिवार साँझ कारको ठक्करबाट मृत्यु भएका व्यक्तिको अहिलेसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार कारको ठक्करबाट गम्भीर घाइते भएका ती व्यक्तिको उपचारका क्रममा मृत्यु भएको थियो ।
साँझ सवा ८ बजे बा ९ च ९६७३ नम्बरको कारले ठक्कर दिएको थियो । अहिले वडाध्यक्ष राई प्रहरी नियन्त्रणमा छन् । घटना सम्बन्धमा थप छानबिन अगाडी बढाएको प्रहरीले जनाएको छ ।