
पूर्णपसष्टि, बैशाख १५
त्रियुगा नगरपालिका ११ साकेला टोलमा वडावासीहरुको आवश्यक विकास बारे जानकारी र सुझाव लिँदै गठबन्धनका तर्फका ११ नं वडाअध्यक्षको उम्मेदवारहरुले परिचयात्मक कार्याक्र गरेको छ । उम्मेदवारहरुले जनताको पूर्व आवश्यक कुराहरुलाई टिपोट गर्दै आफ्नो पार्टी, भिजन र एजेण्डा प्रस्तुत सहित परिचयात्मक कार्यक्रम गरेको हो । वडाअध्यक्षका उम्मेदवार कालिदास राई (किसन) को नेतृत्वमा खुल्ला वडा सदस्य जित बहादुर कार्की, खुल्ला वडा सदस्य बल बहादुर विश्वकर्मा, खुल्ला महिला वडा सदस्य देवीमाया कटुवाल र दलित महिला वडा सदस्य सकुन्तला विश्वकर्मा सहितले जनताहरुसामु परिचयात्मक कार्यक्रम गरेका थिए ।

उम्मेदवारहरुले त्याहाँका जनताहरुको आवश्यकतालाई पहिलो प्राथामिकतामा राखी चुनावमा उत्रने निर्णय गरे । त्यहाँका वडावासीहरुले आत्मानिर्भरका लागि सुँगुर पालन व्यवसाय, बरुवाखोला बाँध निमार्ण, सडक, महिलाहरुका लागि क्रियापुत्री भवन, पुल निर्माण र प्रविधिमय टोलको माग राखेका छन् । यस मागलाई सम्बोधन गर्दै अध्यक्षका उम्मेदवार राईले आफुहरुले जनताहरुलाई भ्रममा नपार्ने प्रतिवद्धता पेश गरेको छ । धेरै नेता तथा नेतृत्वहरुले यस्तो बाचा गरेर पुरा नगरेको अवस्थामा आफ्नो उम्मेदवारीहरु भने जनताहरुको मागलाई व्यवस्था नगर्नकै लागि रहेको सुझाए । राईले वडावासीहरुको माग नै आफ्नो प्रमुख एजेण्डाको रुपमा स्वीकारेको जनाएको छ । यहाँ आफ्नो चुनावी एजेण्डा भन्दा पनि जनताहरुको आवश्यकीय माग निकै महत्वपूर्ण हुने हुँदा त्यस्लाई नै मुख्य एजेण्डाको रुपमा राखेर परिचयात्मक कार्यक्रममा लागि परेको जनाए ।

उनले आफु अध्यक्षमा नेतृत्व पाए भने पूनः जनताहरुको आवश्यकलाई लिष्ट गर्न फेरी घरघर र टोलटोलमा फर्केर आउने पनि जनाए । अरुले जनताहरुलाई झुक्याएर वाक्क बनाएको अवस्थामा आफुले भने त्यो बाटोलाई कुनै पनि हालतमा नपैलाउने जनतासामु बाचा गरे । राईले आफु खान लाउनका लागि सक्षम रहेकाले जनताको आवश्यक पुरा गर्न बाहेक आफ्नो स्वास्र्थका लागि कहिल्यै बाटो नविराउने समेत प्रतिवद्धता व्यक्त गरे ।
राईले यदी नेतृत्वमा पुगेको अवस्थामा आफुलाई प्राप्त हुने वडाको सेवा सुविधा पनि जनतालाई नै लगानी गर्ने जनाए । उनले सेवा सुविधा वापतको रकम तथा भौतिक वस्तुहरु पनि वडावासीहरुकै लागि खर्च गर्ने जनाए ।

राईले सुविधा वापतको रकमहरु आकस्मिक कोष निर्माण गरी गरिब दुखिलाई राहत र अत्यावश्यकीय ठाउँहरुमा लगानी गर्ने जनाए । आकस्मिक रुपमा आई पर्ने आगलागी, दुर्घटना, बाढी पहिरो, हावाहुरी जस्ता प्राकृतिक प्रकोपको सेवाका लागि एम्वेलेन्स, दमकल, खाद्यन्न जस्ता वस्तुहरुमा सेवा सुविधाको रकम उपलब्ध गराउने जनाए । कुनै मानिस बिरामले छटपटिएको छ, उपाचार पाउँन साधन छैन भने त्यस्तालाई आकस्मिक कोष बाट खर्च उपलब्ध गराउने राईको सकरात्मक पाटो रहेको छ । आगो लाग्यो खान लाउन समस्या भयो, हावाले घर उडायो भने यस्ता अवस्थामा जनताहरुलाई त्यो कोषबाट रकम उपलब्ध नै आफ्नो प्रमुख भिजन रहेको जनतामाझ राईले बताएको छ ।
फोटोफिचर

