
पूर्णपुष्टि, कार्तिक ९
सिराहामा वडा अध्यक्ष लागुऔषाध सहित पक्राउ परेको छ । सरकारी नम्बर प्लेट स १ ब ९३८ नम्बरको मोटरसाइकलमा सवार सिरहा नगरपालिका–१८ वडा अध्यक्ष रामसोगारथ यादव १५ वटा नाइट्रोभेट ट्याब्लेटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए । उनी भारतबाट फर्कँदै गर्दा प्रहरीले माडर चोकबाट पक्राउ गरेको हो । यादवमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । यादव नेकपा एमालेबाट निर्वाचित भएका थिए ।
