Tuesday, April 21News That Matters

वडा नं ८ देउरी उत्राइ टोलमा सरस्वती खोलको कटान, नगरको सहयोगमा तत्काललाई जालि भर्ने काम

पूणर्पुष्टि, साउन, ८

त्रियुगा नगरपालिका वडा नं ८ देउरी उत्राइटोलमा सरस्वती खोलाले कटान गर्दा स्थानीयहरुलाई समस्या भएको छ । बस्ती नजिकै खोला कटान सुरु भएपछि त्यहाँका स्थानीयहरुमा त्रास बढेको छ ।

तत्कालका लागि त्रियुगा नगरपालिकाले ३० ओटा जाली सहयोग गरी जाली भर्ने काम भएको छ । नेपाली सेना, स्थानीयहरुले बिहिबार बाट जाली भर्ने काम सुरु गरेको छ ।

खोला कटान भएपछि तत्काल फुलवारी टोल विकास संस्थाले वडालाई जानकारी गराइ वडाको पहलमा नगरले जाली सहयोग गरेका छन् ।

वडामा बजेटको अभाव भएपछि नगरलाई पहल गरी स्थानीय र नेपाली सेनाको सहयोगमा सामान्य बाँध निर्माणको काम भइरहेको वडा अध्यक्ष कमल राउतले जनाए ।

बर्षेनी यस्तो समस्यामा रहेको उत्राइटोल टाप्पु जस्तो वस्ती छ । त्रियुगा र सरस्वती खोलाको विचमा रहेको टोल बर्षेनी बर्खामा समस्या भोग्दै आएको छ । बर्खामा दुवै खोला बाट कटान हुन सक्ने र वारी पारी गर्न पुल समेत नहुदा बर्खाको समय त्यहाँको धरै स्थानीयहरु आपतकालिन अवस्थामा पर्ने गरेको टोल विकास संस्थाकी सल्लाहकार रामवती चौधरीले बताइन् ।

स्थानीयका अनुसार हरेक बर्खाको अवस्थामा बिरामीहरुलाई हस्पिटल लैजान र आपतमा कतै सुरक्षित भएर बस्नलाई खोलामा पुल नहुँदा वारपारमा ठुलो समस्या परेको बताए ।

तस्विरहरु