Sunday, March 16News That Matters

वन–एक्स बेटमा दुई अर्बबढी रकम कारोबार गरेको आरोपमा १ जना पक्राउ

पूर्णपुष्टि, बैशाख ३१ । वन एक्सबेटमा दुई अर्बबढी रकम कारोबार गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाका २४ वर्षीय अनिल ढुंगाना रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रवीन्द्र रेग्मीका अनुसार वानएक्स बेट, जुवा३६५ जस्ता अनलाइन बेटिङ वेबसाइटहरुको प्रयोग गरी उनले २ अर्ब १ करोड भन्दा बढीको कारोबार गरेको खुलेको छ । बिनान्समार्फत २ वटा खाता प्रयोग गरेर विभिन्न २४३ प्रकारका क्रिप्टोकरेन्सीमा हालसम्म १ अर्ब ३४ करोड अर्ब रुपैयाँ कारोबार गरेको भेटिएको रेग्मीले जनाए ।