Tuesday, January 14News That Matters

वर्तमान सरकारले लय समातेको छ : मन्त्री किराती

पूर्णपुष्टि, २ असोज ।
संस्कृतिक पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले वर्तमान सरकार लयबद्ध ढंगले अगाडी बढेको जनाए । जनताको जनमुखी कामहरु अझै धेरै बाँकीनै छ, सरकारले गरेको यति कामले मात्रै जनताको आवश्यकता पुरा त हुँदैन तर जोसजाँगरका साथ सरकारले लय भने समातेको छ मन्त्री किरातीले भने, ।

उनले पछिल्लो समय भ्रष्टचार मुक्त देश निर्माण र समाजवादको नारा साकार बनाउन सरकार दृढताका साथ अघि सरेको जनाए । देशमा अझै पनि समाजवाद आईनसेको जनाउँदै सबै धनी, सबैलाई उस्तै कानुनु, सबैलाई शिक्षा, रोजगारी, सेवासुविधा हुनु पर्ने उनको माग छ । यसका लागि समाजवाद निर्माणमा सरकारले काम गरिरहेको र लयमा सरकार चलिरहेको उनले बताए । राईले देशमा पर्यटन विकासका लागि सरकार हदै सम्म लागि परिरहेको समेत जनाए । कयौँ चुनौतीहरुको सामना गर्दै देश विकासमा पर्यटनको भुमिकालाई पनि तिव्र बनाएको छ । प्रेस सेन्टर नेपालको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न इलाम पुगेका राईले पर्यटन, पत्रकार र सरकारको कमि कम्जोरीको बारेमा बोलेका थिए । उक्त भेला पर्यटकीय क्षेत्र इलामको सन्दकपुर गाउँपालिकामा भव्य रुपमा सम्पन्न भएको थियो ।