
पूर्णपुष्टि, चैत्र १३ । साईकलिङमा भविष्य खोज्दै हिडेका उदयपुरका एक युवा अहिले कोरियामा साईकलिङ टे«निङमा ब्यस्त छन् । उनि त्रियुगा नगरपालिका १० बोक्सेका १८ बर्षिय निमा शेर्पा हुन् । साईकलिङमा सानैबाट रुची राख्दै आएका शेर्पालाई रुची, लगनशिलता र क्षमताका आधारमा जिल्ला र केन्द्रको सिफारिसमा कोरियन साइकिलिङ फेडरेसनले अन्तिम छनौट गरेको जिल्ला साइकिलिङ संघका अध्यक्ष जितेन्द्र रोईलाले बताए । वर्ल्ड साईक्लिङ सेन्टर कोरियाको आयोजनामा कोरियामा मेन जुनियर रोड राईडर ट्रेनिङ क्याम्प लागि शेर्पाले ट्रेनिङ लिने अवसर पाएको हो । शेर्पा एक महिना अघि कोरिया पुगेका थिए । उनको अब १० दिन बाँकी रहेको रोईलाले जनाए ।
तालिमबाट स्वदेश फर्किएपछि उनी साइकिलिङको अभियानमा जोडिने रोइलाको भनाइ छ। ‘मोफसलमा प्रायः युवाहरुले यस्तो अवसर विरलै पाउँछन्,ु उनले भने, ‘यो हाम्रो लागि ठूलो अवसर हो। यसको सदुपयोग गर्दै अन्यलाई पनि तालिम, प्रशिक्षणहरू सञ्चालन गर्दै साइकिलिङप्रति आकर्षण बढाउँछौं । वातावरणीय र स्वास्थ्य दुबैका हिसाबले साइकिलिङ उपयुक्त रहेकाले यसबारे सर्वसाधरणलाई जनचेतना जगाउनु पर्ने उनले बताए। जिल्लामा साइकिलिङ संघमा करिब दुई सय जना आबद्ध रहेको अध्यक्ष रोईलाले बताए।


