Monday, June 29News That Matters

वलात्कार आरोपमा एसएसपी पक्राउ

पूर्णपुष्टि, असार ३१

वलात्कार गरेको आरोपमा सशस्त्र प्रहरी तालिम केन्द्र लामापाटनका प्रमुख एसएसपी राजेन्द्र अधिकारी पक्राउ परेको छ । लामापाटनको आफ्नै क्वाटरमा बोलाएर एसएसपी अधिकारीले आफूमाथि बलात्कार गरेको पीडित महिलाले प्रहरीलाई फोन गरेर जानकारी गराएपछि तत्काल नेपाल प्रहरीको टोलीले अधिकारीलाई नियन्त्रणमा लिएको हो ।

पीडित महिलालाई स्वास्थ्य जाँचका लागि अस्पताल लगेको प्रहरीले जनाएको छ । महिलाले आफूमाथि अधिकारीले बलात्कार गरेको जानकारी गराएलगत्तै प्रहरीको टोली सम्बन्धित ठाउँमा पुगेर अधिकारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

ओरोपीत एसएसपी अधिकारीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।