
पूर्णपुष्टि, चैत ८
नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले देशभर १ लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय गरेको छ ।
चैत ४ र ५ गते काठमाडौंमा बसेको वाईसीएलको केन्द्रयि समितिको बैठकले हरेक निर्वाचन क्षेत्रमा १ हजार जनाको दरले १ सय ६५ निर्वाचन क्षेत्रमा चैतभित्रमा सदस्यता विस्तार गर्ने निर्णय गरेको जनाईएको छ ।
त्यस्तै वाईसीएलले २०७८ साल जेठ २८–३० गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय पनि गरेको जनाईएको छ । राष्ट्रिय भेलाका लागि स्थानीय तह, जिल्ला तथा प्रदेश भेलाहरुबाट प्रतिनिधि छनोट गरिने वाईसीएलले जनाएको छ ।
बैठकले संगठनको विधान संशोधन गर्दै केन्द्रीय समिति १ सय ६१ सदस्यीय हुने तय गरेको छ । त्यस्तै वाईसीएलका अहिलेसम्मका सबै समितिलाई भेला आयोजक समितिमा रुपान्तरण गरेको छ ।
