आइतवार, भदौ २३, २०८१
Sunday, September 8, 2024

वाम्बुले राष्ट्रिय कवितामा पुतली प्रथम

पूर्णपुष्टि/उदयपुर (कटारी), पुष २ गते ।

वाम्बुले राई भाषाको राष्ट्रिय कविता प्रतियोगितामा खोखलढुंगाको मानेभञ्याँङ्ग, गाउँपालिका–३, फोकुलका पुतली राईले प्रथम स्थान हाँसिल गर्नुभएको छ । उदयपुरको कटारीमा शनिबार सम्पन्न १९ औं राष्ट्रिय कविता प्रतियोगितामा उहाँ प्रथम हुनुभएको हो भने मानेभञ्याँङ्ग, गाउँपालिका –६ ,हिलेपानी ओखलढुङ्गाका मंगलदर्शन राई दोस्रो र सोही गाउँपालिका ५ रिचुवाका नमेश राई तृतिय हुुनुभएको छ ।

विजयी वाम्बुले कविहरुलाई प्रमुख अतिथि प्रा.डा.नोवल किशोर राई र राष्ट्रियगानका रचनाकार प्रदिपकुमार राई (ब्याकुल माईला) ले क्रमश नगद रु ५ हजार, ३ हजार र २ हजारका साथ प्रमाण–पत्र प्रदान गर्नुभयो । त्यसैगरी खोटाङका हलेशी तुवाचुँङ्ग नगरपालिका –१ की मुना राई र ओखलढुंगाको मानेभञ्याँग –३ उँबुका यमुना राईलाई नगद एक÷एक हजारसहित सान्वना पुरस्कार प्रदान गरिएको थियो ।

वाम्बुले राई समाज (वाम्रास)को २० औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा १९ औं अंकको रुपमा कविता प्रतियोगिता पनि भएको हो । दुईदर्जन बढी कवीहरुहरुले प्रयितोगितामा भाग लिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भाषाविज्ञ प्रा.डा. राईले भाषाहरु हराउदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । भाषा एउटा पहिचान भएको र पहिचानविनाको जीवन अर्थहिन हुने उहाँले बताउनुभयो । सृष्टिका चराहरुको पनि भाषा एउटै नभएकाले विभिन्न राई भाषा एकिकरण हुन नसक्ने तर्क राख्दै सबैले आप्mनो भाषाको संरक्षण आफैले गर्नुपर्ने बताउनुभयो । देशमा मातृभाषाहरुको संरक्षणको दायित्व राज्यको भएपनि त्यसप्रति राज्य गैरजिम्मेवार रहेको आसय व्यक्त गर्दै उहाँले आ आफै लाग्न आग्रह गर्नुभयो । भाषालाई लिखित वा रेकर्ड गरेर राखेमा भोलीको दिनमा बचाउन सकिने भन्दै मातृभाषाका पत्रपत्रिका प्रकाशन तथा गीत, अन्तरबार्ता जस्ता रेकर्डमा राख्नुपर्ने बताउनुभयो ।

त्यसैगरी राष्ट्रियगीता रचनाकार ब्याकुल माईलाले भौतिक पूर्वाधार मात्रै विकासका आधार नभई भाषा, साहित्य पनि विकासका पूर्वाधार भएको बताउनुभयो । उहाँले कविताले भाषाको विकास हुने बताउदै भाषा साहित्यको संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो ।
वाम्बुले राईहरुको मूलथलो, ओखलढुँगा, खोटाङ्ग, उदयपुर, सिन्धुली र सुनसरी सम्मका वाम्बुलेकवि÷कवयित्रीहरुले भाग लिएका थिए । प्रतियोगितामा वाम्बुले राई भाषाको ‘सुरिम’राईहरुले आगनमा राख्ने गरेको काठको प्रतिकलाई शिर्षक राखिएको थियो । प्रतियोगि सबै कविहरुले एउटै शिर्षकमाथि कविता लेख्नु पर्ने प्रावधान राखिएको थियो ।

कार्यक्रममा वाम्बुले पुरोहित (नाक्सो–ङाबुचो) तथा जेष्ठ नागरिकहरुलाई खादा ओढाएर सम्मान गरिएको थियो । साथै वाम्बुले जीवनशैली र संस्कार संस्कृतिमा आधारित ब्याकुल माईलाद्वारा रचित तथा जीतेन राईको स्वरमा रहेको झाप्पा गाउँको सिरैमाथि घामजुन झलल बोलको गीतको भिडियोको विमोचन गरिएको थियो । लिम्बुभुम्बु पत्रिकाको ७१ औ अंक पनि सार्बजनिक गरिएको थियो ।

समाजको जिल्ला समिति उदयपुरको व्यवस्थापन तथा संयोजन र केन्द्रको आयोजनामा भएको वाम्रासका केन्द्रिय उपाध्यक्ष गणेश राईले बताउनुभयो ।

हरेक वर्षको मंसिर २० मा वाम्बुले राईहरुले विभिन्न जिल्लाहरुमा सम्पन्न गर्दै आएको प्रतियोगिता यसवर्ष भने मंसिर २१ को दोस्रो चरणको निर्वाचन परेकाले पछि धकेलिएको थियो ।

यो पनि…
राष्ट्रिय गीतलाई मोवाईल ट्युन बनाउनु ठीक हैन : रचनाकार व्याकुल माईला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0