Thursday, July 2News That Matters

विकास पत्रकारिता सम्बन्धी अभिमुखीकरण

पूर्णपुष्टि संवाददाता 
उदयपुर, असार १८ ।

नेपाल पत्रकार महासंघ उदयपुरको आयोजनामा विकास पत्रकारिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको सहभागिता रहेको थियो ।
विकास निर्माण, स्थानीय सरकारका गतिविधि, जनसरोकारका विषय तथा समुदाय केन्द्रित समाचारलाई प्रभावकारी रूपमा सञ्चार माध्यममार्फत प्रस्तुत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाल पत्रकार महासघंका अध्यक्ष भक्तिबिलास पोखरेलले जानकारी दिए ।
कार्यक्रममा विकास पत्रकारिताको महत्व, जिम्मेवार समाचार लेखन, स्थानीय तहका योजना तथा विकासका गतिविधिलाई नागरिकसम्म पुर्‍याउने विषयमा सञ्चारकर्मी द्धय कौशल चेम्जोगं र महेश्वर चाम्लिगंले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सहभागी पत्रकारहरूले विकाससँग सम्बन्धित समाचारलाई अझ तथ्यपरक, सन्तुलित र जनमुखी बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए ।
त्रियुगा नगरपालिकाको सहयोग रहेको कार्यक्रम जिल्ला समन्वय समितिको हलमा २ दिनसम्म चलेको थियो । अभिमुखीकरण कार्यक्रममा जिल्लामा क्रियशिल सञ्चारकर्मी तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।