Sunday, March 15News That Matters

विदेशमा मृत्यु भएका राईको परिवारलाई १४ लाख विमारकम हस्तान्तरण

पूर्णपुष्टि/उदयपुर, फागुन ८ ।
बैदेशिक राजगोरीको क्रममा मृत्यु हुन पुगेका उदयपुरको चौदण्डीगढी नगरपालिका २ झोरापाटाका मनिराम राईको परिवारले १४ लाख रुपैया विमा रकम पाएको छ । एशियन लाईफ इन्स्योरेन्स, गाईघाट शाखाले परिवारलाई आज विमा रकम हस्तान्तरण गरेको हो ।

विमा कम्पनीकाे गाइघाट शाखाकी प्रमुख मेनुका खत्रीले मृतककी श्रीमती अमिता राइलाइ हस्तान्तरण गर्नुभयाे । मलेसिया बैदेशिक रोजगारीमा जाने क्रममा श्रम वापत म्यादी विमा गरेर गएका थिए । उनको गत पुस १८ गते मलेशियामा डिउटी सकेर कोठामा सुतिरहेको अवस्थामा मृत्यु भएको थियो ।