
पूर्णपुष्टि, जेठ ३२ गते ।
कोरोना भाइरस संक्रमणले विदेशमा रहेका नेपालीको मृत्यु हुने क्रम रोकिएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।
विश्वका विभिन्न देशमा करिब ८ साता लगातार कोरोना संक्रमणबाट नेपालीहरुले मृत्यु भएको थियो । तर यो साता भने संक्रमणबाट कुनै नेपालीले मृत्यु नभएको एनआरएनएले जनाएको छ ।
डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियमलगायतका १५ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएको एनआरएनए स्वास्थ्य समितिले जनाएको छ ।
समितका अनुसार यो साता विदेशमा ९ हजार भन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमित छन् ।
