
पूर्णपुष्टि, जेष्ठ ३० । काठमाण्डौँ महानगरपालिकाले तिन वटा विद्यालयमा विद्यार्थी संगठनले लगाएको ताला फोडेको छ । महानगरले काठमाडौंको संस्कृत माध्यामिक विद्यालय, वृहस्पति माध्यामिक विद्यालय र युलेन्स स्कुलमा लगाएको ताला फोडिएको महानगर प्रहरीले जनाएको छ ।
छात्रवृत्ति विवरण, शुल्क स्वीकृति विवरण, कर्मचारीको पारिश्रमिक विवरण लगायतका माग सहित अनेरास्ववियु (क्रान्तिकारी) काठमाडौं जिल्ला समितिले आइतबार ती विद्यालयहरुमा ताला लगाएको थियो । महानगरका मेयर बालेन शाहले पढ्ने ठाउँमा ताला लगाएर एक अमुक दलको शैक्षिक सङ्गठनले अपराध गरेको भन्दै ताला तोड्न निर्देशन दिएका थिए ।
महानगरले आफ्नो क्षेत्र भित्र पर्ने विद्यालयको अनुगमन र नियमन गर्ने भन्दै यदी कुनै विद्यालयले नियमको पालना नगरे उजुरी दिने व्यवस्था रहेको जनाउँदै ‘उनले सामाजिक सञ्जालमा लेखेका छन्’ चाहे सो विद्यालय सरकारी होस वा निजी, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ । शिक्षा प्रमुख प्राथमिकता भएकोले नगरभरिका विद्यालयहरूको गुणस्तर सुधार गर्न महानगर निरन्तर लागि रहेको उनले बताए ।
