Thursday, June 4News That Matters

विद्यालय र क्याम्पस पनि दुवै दिन विद्या हुने

पूर्णपुष्टि, बैशख १४
सरकारले लागु गरेको दुई दिने सार्वजानिक विद्या विद्यालयमा पनि लागु भएको छ । सार्वजानिक विदाको रुपमा पर्ने विषेश गरी सरकारी काम कार्वाही सँगै विद्यालयहरु बारे खासै जानकारी आएका थिएन् । तर शिक्षण संस्था पनि शनिबार र आइतबार बन्द हुने भएका छन् । शिक्षामन्त्री देवेन्द्र पौडेलले विद्यालय र क्याम्पस पनि दुई दिन बन्द गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए ।

सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९ स् ३० बजेदेखि साँझ ४स् ३० सम्म सञ्चालन हुने उनले जानकारी दिए । बिहान १० बजेदेखि ५ बजे सम्म सञ्चालन हुने कार्यालय भने बिहान साढे ९ बजे खुल्ने र साँझ साढे ५ बजे बन्द हुनेछन् ।

‘विद्यार्थीको पढाइमा असर नपुगोस् भनेर अरु सार्वजनिक बिदा काटिन्छ, कसरी कक्षा सञ्चालन गर्ने मन्त्रालयले कार्ययोजना पनि बनाउँछ,’ उनले भने । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो । शिक्षामन्त्री पौडेलले परीक्षणका रूपमा मात्रै बिदा दिने निर्णय गरिएको बताए ।