Friday, October 4News That Matters

विद्यालय सुचक सम्बिन्धि अन्तरक्रिया तथा योजना कार्यक्रम

बिक्रम राई 

उदयपुर फागुन २०

जाल्पा एकिकृत विकास समाज उदपुरको सहजीकरणमा जाल्पा आधारभुत विद्यालय नचने वतासेमा गुणस्तिरीय शिक्षा विद्यालय सुचाँङक सम्बन्धि अन्र्तक्रिया तथा योजना कार्यक्रम गरिएको छ । आईतबार रौतामाई गाउँपालिका वडा न ४ स्थित सो विद्यालयको सुचकहरुको बारेमा अन्र्तक्रियात्मक छलफल सँगै त्यसको योजना तर्जुमा पनि तयार पारिएको हो ।

वल्र्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग, जाल्पा एकिकृत विकास समाज उदयपुरको स्थलगत कार्यक्रम तथा जाल्पा आधारभुत विद्यालयको आयोजनामा अन्र्तक्रिया तथा योजना तर्जुमा समेत तयार पारिएको छ ।

रौतामाई गाउँपालिकाका ६० वटा विद्यालय मध्ये १५ वटा विकट तथा न्युन स्थरको विद्यालयहरुलाई संस्थाले विभिन्न क्षेत्रमा भौतिक सहयोग गर्दै आएको जाल्पा एकिकृत विकास समाज उदयपुरका कार्यक्रम संयोजक मिन प्रसाद रिजालले बताए । संस्थाले त्यस्ता १५ विद्यालयहरुलाई गुणस्तरीय शिक्षा सहजताको निम्ति आवश्यक भौतिक तथा बौद्धिक दुवै क्षेत्रमा सहयोग गर्दै आएको रिजालले बताए ।

सुचकले शिक्षक, विद्यार्थी, अविभावक, र विद्यालय व्यवस्थापन समितिलाई सचेत गराएको छ । गुणस्तरीय शिक्षाका लागि यी सबैको महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै कार्यक्रमको सहजीकरण गरेको पनि रिजालले बताए ।

जाल्पा आधारभुत विद्यालयलाई पनि संस्थाले घेराबेरा, शौचालय र भुकम्प प्रतिरोधात्मक भवन निर्माण गरी प्रधान गरिसकेको जाल्पा एकिकृत विकास समाजका मिल अफिसर रुद्र पोखरेलले बताए ।

विद्यालयमा सुचकहरु सम्बन्धि जानकारी, अनुगमन र चेतनामुलक कार्यक्रमहरुमा संस्थाले भुमिका खेल्ने र अबको बाँकी आवश्यकतालाई तत्काल पुरा गरी गुणस्तरीय शिक्षामा टेवा पुराउन अन्र्तक्रिया तथा योजनाको तयारी गरिएको संस्थाकै फिल्ड अफिसर युवराज राइले बताए ।

शिक्षक, छात्र, छात्रा अविभावक विद्यालय व्यवस्थापन गरी चार समुह गुणस्तरीय शिक्षाको पात्र रहेको भन्दै चारै समुहको सुचकको अन्र्तक्रिया गरिएको थियो । सुचकको नागरिक आवाज अन्र्तगत मुस्कान एकोरिङ नतिजा पनि प्रस्तुत गरिएको छ ।

विद्यालयका प्रअ रुद्र मगरले एकमुष्ठमा समूहको नतिजा प्रस्तुत गर्दै सुचकमा चारै समुहमा थप आवश्यक सहयोगहरुको अवस्था रहेको देखाएको छ । कतिपय बुदाहरु भौतिक, आर्थिक तथा बौद्धिक समस्याका कारण पुरा हुन नसकेको समुहहरुले स्वीकार गरेको छ ।  कमजोरीलाई  सबै सुचकहरुलाई पूर्ण बनाउन बिभिन्न बुदाहरुमा सहयोगको आवश्यक रहेको विद्यालयको प्रअ रुद्र बहादुर मगरले बताए ।

सुचकले गुणस्तरीय शिक्षामा टेवा पुराउने भन्दै सुचकमा रहेको नकरात्मक तथा सकरात्मक दुवै सम्बन्धि अन्र्तक्रिया  गरी सुधारका पक्षहरुमा योजना तर्जुमा बनाईएको प्रअ मगरले बताए । अझै १६ ओटा भन्दा बढी महत्वपूर्ण बुदाहरु विद्यालयमा आवश्यक रहेको अन्र्तक्रियामा छलफल भएको छ ।

सरकारी निकायबाट ओझेलमा परेका बिकट तथा कम्जोर अवस्थाका विद्यालयहरुमा भौगौलिक विकटता तथा आर्थिक समस्यामा ठुलो चुनौती रहेकाले स्थानीय सरकार तथा दात्रि निकाय संस्थाहरु सँग मगरले सहयोगको अनुरोध गरे ।

कार्यक्रमका प्रमुख अतिथि तथा सामाजिक विकास संयोजक खगेन्द्र ठकुरीले बनेको भावी योजनालाई कागजमा मात्र सिमित राख्न नहुने बताएको छ । उनले गुणस्तरीय शिक्षा प्रणलीको निम्ति हामि सबै सम्बन्धीत निकायहरु परिवर्तन हुनु पर्नेमा जोड दिएको छ । आफ्नै सामुदायीक विद्यालयहरुमा आफैले विश्वास गर्न नसक्दा अन्य विद्यालयरुमा आफ्ना बालबच्चाहरुलाई पढाईरहेको अवस्था रहेको उनले बताए ।

उनले नयाँ प्रविधि शिक्षा प्रणालीले विद्यालय तथा शिक्षामा गुणस्तर ल्याउने कुरामा जोड दिए । विधार्थीहरुको सिकाई फरक हुने र पुरानो शैलीले कतिपय कुराहरु नबुझ्नाले शिक्षामा गुणस्तर छाउन नसकीरहेको उनले बताए ।

उनले आफ्ना तर्फबाट गुणस्तरीय शिक्षामा पूर्ण जोड गर्ने भन्दै बिषेश गरी यहाँका अविभावकहरुको महत्वपूर्ण भुमिका रहने बताए । अन्र्तक्रिया छलफलले ठुलो उपलब्धी गरेको बताउदै यस्तो अवसरमा सबै अविभावकहरुको महत्वपुर्ण उपस्थिति रहनु पर्नेमा उनको जोड थियो । उनले जाल्पा एकिकृत विकास समाजलाई विद्यालयको योगदान प्रति धन्यवाद व्यक्त गरे ।

विकट क्षेत्रको १५ विद्यालय मध्ये यस जाल्पा आधारभुत नचने विद्यालयलाई पनि सहयोगको नजरमा राखेर गुणस्तरीय शिक्षा तथा भौतीक शिक्षाहरुमा महत्वपूर्ण सहयोग गरेको उनले बताए ।

वडा न ४ का वडा अध्यक्ष चन्द्र बहादुर मगरले यस संस्थाले गरेको अन्र्तक्रिया तथा योजनाले गुणस्तरीय शिक्षामा छिटै उपलब्धि गराउने बताए । उनले स्थानीय सरकार खेल्नु पर्ने भुमिकामा संस्थाले सहज बनाएको बताए । उनले विद्यालयको विगतको अवस्थालाई मध्येनजर गर्दै अहिले थुप्रै सुधारका कामहरुले शिक्षामा सुधार भएको बताए । उनले आफ्नो स्थानीय सरकारको अधिकारमा रहेको सवै सहयोग गर्ने र तात्रि संस्थाहरुलाई अझै पनि सहयोग गर्नु पर्ने आशा राखेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0