
पूर्णपुष्टि, असोज ११ ।
गाईघाट–आजदेखि हिन्दु धर्मावलम्बी नेपालीहरुको घरघरमा फुलपाती भित्रिएको छ । सप्तमीको दिन देशको सबै ठाउँमा बढाईका साथ फुलपाती भित्र्याएसंगै उदयपुरमा पनि भित्र्याईयो ।
सदरमुकाम गाईघाट स्थित भगवती मन्दिरमा विधिवतरुपमा बुधबार विहानै फुलपाती भित्र्याईएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितको टोलीले बोक्से बरपिपलचौकदेखी फुलपाती ल्याई भगवती मन्दीरमा भित्र्याएको हो ।
मन्दीरमा भित्र्याएसंगै सेना, प्रहरी, सशस्त्र प्रहरी लगायत स्थानीयहरुले आआप्mना घरमा फुलपाती भित्र्याएका थिए ।
तस्बिर – पर्शुराम थापा/भोटराज राई
प्रकाशित मिति ः २०७४ असोज ११ गते ।