विपद् पूर्व तयारी, प्रतिकार्य तथा सुरक्षा सम्बन्धि गाईघाटमा २ दिने गाष्ठी सुरु

पूर्णपुष्टि, पुष ६
प्राकृतिक विपदको पूर्व तयारी, प्रतिकार्य तथा सुरक्षा सम्बन्धि उदयपुरमा २ दिवसीय कार्याशाला गोष्ठी मंगलबार बाट सुरु भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा बिभिन्न सरोकारवाला निकाय, संघसंस्था, सुरक्षाकर्मी, तथा सम्बन्धित सबै क्षेत्रहरुको सहभागीमा गोष्ठी सुरु भएको हो ।

कार्यक्रममा जिल्लाका सबै पालिकाहरुको जनप्रतिनिधि प्रमुख तथा प्रशाशकियहरुलाई निमन्त्रणा गरिएका थिए । जिल्लामा प्रकृतिक विपद्ले असर पार्न सक्ने सम्भावित स्थान तथा पालिकाहरुबारे छलफल गर्दै त्यस्ता ठाउँहरुमा कसरी सुरक्षित अपनाउने भन्ने बिषयमा छलफल भएको छ । विपद्को पूर्वतयारी बार संघसंस्थाले गर्ने सिमुलेसन लगायतको कामहरु पनि कार्यक्रममा प्रस्तुत गरिएको छ ।
यस्तै पूर्वतयारीका लागि आ–आफ्नो भुमिका निर्वाह गर्न पालिकाका कर्मचारी तथा जनप्रतिनिधि, संघसस्थाका प्रतिनिधि, प्रशासन, सुरक्षाकर्मी सबैको भुमिका रहने भन्दै सम्पूर्णको उपस्थितिलाई अनिवार्य गराईएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: