
दुर्गा एसके
मुर्कुची, असार २२
रौतामाई गाउँपालिकाका विपन्न तथा गरिब ५७ घर परिवारलाई कृषी सामाग्री हस्तान्तरण गरेको छ । कोरोनाले प्रभावित भएका कृषकहरु मध्ये अतिविपन्न र गरिब घर परिवारको पहिचान गरी वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र नेस्पेक उदयपुरको साझेदारीमा गाउँपालिकाका ६,७ र ८ नम्बर वडाका ५७ घर परिवारलाई सामाग्री हस्तान्तरण गरेको हो ।
कोरोनाले प्रभावित विपन्न घर परिवालाई तरकारी खेती र उत्पादनमा जोड दिन १ लाख २० हजार २ सय ६७ रुपैयाँ बराबरको सामाग्री सहयोग स्वप हस्तान्तरण गरेको नेस्पेकका बजार संयोजक अर्जुन बस्नेतले बताउनुभयो । यस कृषी सामाग्रीले कृषकहरुलाई तरकारी उत्पादन गर्नमा ठूलो टेवा पुर्याउने भएकाले जिवनस्तर सुधार गर्ने उद्देश्यका सामाग्री वितरण गरेको बताउनुभयो ।
बारीमा ताजा र स्वस्थ्य तरकारी उत्पादन भएपछि आयातलाई रोक्ने भएकाले कृषकहरुको आर्थीक स्तरमा सुधार आउने नेस्पेकका फिल्ड अधिकृत घनश्याम बुढाथोकीले बताउनुभयो ।
गाउँपालिकाले वैदेशीक रोजगारीबाट फर्केका युवाहरुलाई कृषीमा प्रोत्साहन गर्दै उत्पादन र आम्दानीमा जोड दिने रौतामाई गाउँपालिका–७ का वडाध्यक्ष उत्तरकुमार मगरले बताउनुभयो । यसका लागी पालिकाले छुट्टै योजना बनाएको उहाँले बताउनुभयो ।

