Tuesday, June 2News That Matters

विप्लवका पूर्व उदयपुर जिल्ला ईन्चार्ज केदार राई नेकपा एसमा प्रवेश

पूर्णपुष्टि, माघ २७
विप्लव माओवादीका पूर्व उदयपुर जिल्ला इृन्चार्ज केदार राईले पार्टी परित्याग गरी नेकापा एकिकृत समाजवादी पार्टीमो प्रवेश गरेको छ । राईले मंगलबार एक प्रेस विज्ञाप्ती सार्वजानिक गर्दै आफुले लामो समय देखी आबद्ध रहेको विप्लव पार्टी परित्याग गरेको र नेकपा एस पार्टीमा प्रवेश गरेको जनाएको छ ।

उनले पछिल्लो समय देशमा राजनितिक अस्थिरताको बावजुत नेपालमा बिभिन्न स्वार्थी पार्टी रहेको समेत बिज्ञाप्तीमा उल्लेख गरेको छ । राईले पछिल्लो समय नेपाल र नेपालीको हितमा काम गर्ने पार्टीको अध्यान अनुसन्धानको क्रममा दक्षीण बामपन्थी, अवसरवाद र उग्रदक्षिण बामपन्थिहरुलाई परास्त गर्ने पार्टीको रुपमा नेकपा एकिकृत समाजवादी पार्टीलाई पाएको भन्दै यसैमा आफु आवद्ध भएर देश र जनताको लागि काम गर्ने जनाएको छ ।