Tuesday, June 9News That Matters

विप्लव समूहद्धारा बोलेरोमा आगजानी

पूर्णपुष्टि, माघ १०

नेत्र विक्रमचन्द विप्लवले शनिवार मकवानपुरमा बोलेरोमा आगजानी गरेको छ । समूहले शनिवार बन्दको घोषणा गर्दै बोलेरोमा आगजानी गरेको हो ।

मकवानपुरमा सामान अनलोड गरेर काठमाडौं फर्कंदै गरेको बा १३ च ७९६९ नम्बरको पिकअप भ्यानमा आगजनीबाट क्षती पुगेको छ ।

आगजानीमा संलग्नहरु बारे प्रहरी अनुसन्धान गरिरहेको छ । पार्टिका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई प्रहरीले पक्राउ गरेको विरोधमा शनिवार सो समूहले नेपाल बन्दको घोषणा गरेको छ ।

मकवानपुर प्रहरीका अनुसार काठमाडौं र मकवानपुरको सिमानामा पर्ने हुमाने भञ्ज्याङ नजिकै अज्ञात समूहले पिकअपमा आगजनी गरेको जनाएको छ ।