Tuesday, June 9News That Matters

प्रचण्ड र बाबुरामको भेट

पूर्णपुष्टि, माघ १०

उपराष्ट्रपति निवास लैनचौरमा बाबुराम, प्रचण्ड र उपराष्ट्रपति नन्द बहादुर पुन बीच भेट वार्ता भएको छ । तीन जना करिब आधा घण्टा भन्दा बढी भेट बार्ता भएको हो

उपराष्ट्रपति नन्दबहादुर पुनको रोहवरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा वरिष्ठ नेता बाबुराम भट्टराईको भेट भएको स्रोतले बताएको छ ।

उनीहरुले विगतको माओवादी आन्दोलनकाबारेमा समेत छलफल गरेका थिए । उच्च श्रोतका अनुसार भेटका लागि उपयुक्त स्थान नै उपराष्ट्रपति निवास हुने ठहर गरेर प्रचण्ड र भट्टराई त्यहाँ पुगेका हुन् ।

भेटमा अहिलेको राजनीतिक अवस्था र आगामी योजनाबारे बिषेश रुपमा छलफल भएको उच्च स्रोतले बताएको हो ।