
पूर्णपुष्टि, माघ ९
काठमाण्डौँमा जारी राष्ट्रिय महिला लिगको आज तेस्रो दिन चौदण्डीगढी नगरपालिका लाई नेपाल पुलिस क्लवले ६–० को अन्तरले पराजित गरेको छ । खेल समयभर नेपाल पुलिस क्लवको तर्फबाट ६ गोल भएको थियो भने चौदण्डीले कुनै पनि गोल गर्न सकेन ।
सातदोबाटो स्थित एन्फा कम्प्लेस मैदानमा भएको खेलमा पहिलो हाफमा पुलिसले ४ गोल गरे थिए भने हाफ पछि २ गोल थपेका थिए । यता चौदण्डीगढीको तर्फबाट भने खेलसमयभरी कुनै पनि गोल हुन सकेन । पहिलो हाफ खेलको २८ औँ मिनेटमा जर्सि नं ९ की रेखा पौडेलले पहिलो गोल गर्दै टिमलाई अघि बढाईन् । पछि खेलको ४० औँ मिनेटमा जर्सी नम्बर ५ की अमृता जैसीले दोस्रो गोल, जर्सी नम्बर ८ सृजना खड्काले ४४ औँ मिनेटमा तेस्रो गोल, जर्सी नम्बर ७ निर्मला बिकले ४६ औँ मिनेटमा चौँथो गोल गरेकी थिइन् ।
खेलको निरन्तरता दिदैँ हाफ पछि फेरी पुलिसले २ थप्दै ६ गोल पुराई फराकिलो गोलले चौदण्डीलाई पराजित गर्यो । हाफ पछि पाँचौ गोल ८३ मिनेटमा रेखा पौडेलले गरिन् भने अन्तिम अर्थात छैँटौँ गोल भने ६७ औँ मिनेटमा सृजना खड्काले गरिन् ।
६ गोल मध्ये सृजना खड्का र रेखा पौडेलले २/२ गेल गेरेकी थिइन् । आजको खेलको उत्कृष्ट खेलाडी तथा म्यान अफ द म्याच नेपाल पुलिसको जर्सि नं ८ की सृजना खड्का घोषित भईन् । खड्कालाई नगद रु ५ हजार र ट्रफि प्रदान गरेका थिए ।
