
पूर्णपुष्टि, पुष २१
विभिन्न व्यक्तिहरुको फेसबुक ह्याक गरेर रकम ठगी गरेको अभियोगमा भक्तपुरबाट एक जना युवा पक्राउ परका छन् । मोरङ पथरी शनिश्चरे–१० मंगलबारे घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने १८ वर्षीय किरण पाठकलाई रकम ठगी अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
सर्वसाधारण लगायत उच्चपदस्थ व्यक्तिहरुको समेत फेसबुक आईडि ह्याक गरी आईडिको दुरुपयोग गरेर आइडिमा भएका साथीहरुसंग नक्कली व्यक्ती बनी विभिन्न बाहानामा रकम माग्ने गरेको प्रहरीको भनाई छ । आफुलाई अर्जेन्ट समस्या परेको देखाएर विश्वास दिलाई खातामा पैसा पठाउन लगाएर पाठकले अनलाइन ठगी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले पाठकलाई पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परीसर टेकु काठमाण्डौ पठाईएको छ ।

