Wednesday, June 10News That Matters

विमानस्थलबाट अवैध सुनसहित १ जना पक्राउ

पूर्णपुष्टि, फागुन १८

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक जना पक्राउ परेको छ ।  सुनको ३ थान बाला र २ थान औंठी करिब १ सय ६० ग्राम अवैध सुनसहित स्याङ्जा चापाकोट नगरपालिका–६ घर भएका ४२ वर्षीय नगेन्द्रकुमार राना गतराति पक्राउ परेको हो ।

हिमालय एयरलाइन्सको विमानबाट साउदी अरेबियाको रियादबाट आएका रानालाई जाँच गर्दा अवैध रुपमा ल्याएको उक्त परिमाणको सुनका गहना विमानस्थल पार्किङ एरियाबाट फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

रानालाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइने अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।