
पूर्णपुष्टि, असार २९ गते ।
विराटनगरमा रहेको एउटा घर भित्र किरा परेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । विराटनगर महानगरपालिका–१३ स्थित हिमालय आँखा अस्पतालको उत्तरतर्फ रहेको एउटा घरभित्र किरा परेको अवस्थामा मंगलबार पुरुषको शव भेटिएको हो ।
मोरङ प्रहरी डिएसपी राजन कार्कीका अनुसार मृतकको पहिचान नखुलेको प्रहरीले बताएको छ । सडक निर्माण गर्ने कामदार बस्नका लागि ट्रष्ट लगाएर बनाइएको घरभित्र अन्दाजी ४५–५० वर्षीय पुरुषको शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ । उनका अनुसार सडेर दुर्गन्धित भएको अवस्थामा शव फेला परेको हो ।
