विराटनगरबाट हराएको मोटरसाईकलसहित दाहाल पक्राउ

पूर्णपुष्टि, मंसिर २९
मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवा स्थितबाट मोटरसाईकल चोरीमा संलग्न एक जना पक्राउ परेको छ । सुनसरी रामधुनी नगरपालिका–३ घर भई विराटनगर महानगरपालिका–११ मा डेरा गरी बस्ने २८ वर्षीय उमेश दाहाल पक्राउ परेको हो ।
मंसिर २६ गते राती साढे ८ बजे विराटनगर स्थित कोशी अस्पतालको परिसरमा पर्किङ गरी राखेको को. २५ प ५०२४ नम्बरको बुलेट मोटरसाईकल चोरी भएको थियो । चोरीको मोटरसाईकल खोजतलास गर्ने क्रममा प्रहरी चौकी मटेरूवाबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनी तर्फ लादैँ गरेको अबस्थामा मोटरसाईकलसहित दाहाललाई पक्राउ गरिएको हो । पक्राउ परेका दहाललाई मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0