Sunday, June 14News That Matters

विराटनगरमा एकै दिन २ कोरोना संक्रमितको मृत्यु

पूर्णपुष्टि,कार्तिक १८ 

विराटनगरको न्युरो अस्पतालमा आज एकै दिन २ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धरान–१५ का ६३ वर्षीय पुरुष र विराटनगर– ११ का ४९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

कोरोना भाईरस कोभिड–१९ का विरामिहरुको उपचार सुरु गरीएको अस्पतालमा आज दुईजना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।

धरानका पुरुषको आज बिहान ३ः३० बजे मृत्यु भएको थियो भने विराटनगरका पुरुषको आज बिहान ३ः५० मृत्यु भएको थियो । उनीहरुको २० मिनेटको अन्तरमा मृत्यु भएको थियो ।

धरानका पुरुषमा असोज २७ गते कोरोना पुष्टि भएको थियो । उनलाई कात्तिक १२ अस्पताल भर्ना भएका थिए ।

विराटनगरका पुरुष कात्तिक १४ मा अस्पताल भर्ना भएका थिए । उनमा भर्ना भएकै दिन कोरोना पुष्टि भएको थियो ।