Sunday, June 14News That Matters

वरिष्ठ संगीतकार राणाको निधन

पूर्णपुष्टि, कात्तिक १८

वरिष्ठ संगीतकार उदय शमशेर राणाको निधन भएको छ ।
नारायण गोपाल र गोपाल योञ्जनका समकालीन, मीतज्यू नाइटका एक वाद्यवादक राणाको गतराती अमेरिकामा निधन भएको हो ।

शमशेरको संगीतमा प्रेमध्वज प्रधान, उदीतनारायण झा, हेमगोपाल, मधु क्षेत्री, प्रकाश श्रेष्ठ, मीरा राणा, उर्मिला मानन्धर, प्रदीपराज पाण्डे लगायतका धेरै गायक गायिकाहरुले स्वर दिनु भएको छ ।
संगीतकार राणाका श्रीमती, दुई छोरा र एक छोरी छन् ।