Sunday, June 14News That Matters

कर्णाली प्रदेशमा पर्यटन पुनरुत्थान समिति गठन

पूर्णपुष्टि, कात्तिक १७

कर्णाली प्रदेशमा नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटन पुनरुत्थान समिति गठन गरेको छ । समितिको संयोजकमा ललितजंग महत र सह–संयोजकमा भरतबन्धु थापा नियुक्त भएका छन् ।
कोरोना महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानको मुख्य उद्देश्यसहित पर्यटन व्यवसायीहरुको प्रतिनिधिमुलक संस्था, पर्यटन व्यवसायीहरु र अन्य सरोकारवालाहरुलाई समाबेस गरी सातवटै प्रदेशमा आन्तरिक पर्यटन पुनरुत्थान समिति गठन गर्ने योजना बोर्डको छ । सोही योजनाअनुसार कर्णाली प्रदेशमा समिति गठन गरेको बोर्डले जनाएको छ ।
समितिले तोकिएको कार्यक्षेत्रगत शर्त बमोजिम प्रदेशभित्रका पर्यटन सरोकारवालाहरुसँगको सहकार्यमा आन्तरिक पर्यटन प्रबद्र्धनका कार्यहरु गर्ने जनाईएको छ ।