
पूर्णपुष्टि,कार्तिक २१
विराटनगरमा कोरोना संक्रमित थप २ महिलाको उपचारको क्रममा मृत्यु भएको छ । विराटनगर महानगरपालिका–७ की ५१ वर्षीया र धनकुटा–४ की ३२ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।

विराटनगरकी ५१ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान ८ बजे न्युरो अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ । उनको पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि बुधबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । मृतकमा श्वासप्रश्वास र उच्च रक्तचाप सम्बन्धी समस्या रहेको अस्पतालले जनाएको छ ।

धनकुटाकी महिलाको कोशी अस्पताल कोभिड –१९ उपचार केन्द्रमा बिहान ८ः१५ बजे मृत्यु भएको छ । उपचार केन्द्रकाअनुसार पीसीआर परीक्षण गराउँदा बिहीबार कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनलाई उपचारका लागि भर्ना गरिएको थियो । मृतकमा श्वासप्रश्वासको समस्या देखिएको उपचार अस्पतालले जनाएको छ ।

