
पूर्णपुष्टि, चैत २२ गते ।
विवाहको प्रलोभन पारी पीडितबाट रकम ठगी गरेको आरोपमा एकजनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । रामेछाप साँघुटार नगरपालिका–३ घर भई हाल काठमाडौं धापासी बस्ने ५२ वर्षीय लोक बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
श्रेष्ठले पीडितलाई विश्वासमा पारी आफू विरामी रहेको भन्दै आईएमई र सिटी एक्प्रेसबाट पटक–पटक गरी ४२ लाख ३४ हजार रुपैयाँ ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
अपराध महाशाखालेको टोलीले उनलाई काठमाडौंको विशालनगरबाट पक्राउ गरेको हो ।
