Saturday, April 26News That Matters

विविध कार्यक्रमका साथ श्रमिक महिला दिवस भब्यरुपले सम्पन्न

पूर्णपुुष्टि/उदयपुर, फागुन २५ गते

-१०८ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस उदयपुरमा विविध कार्यक्रमका साथ भब्यरुपले विहिबार मनाइएको छ ।
“आर्थिक शसक्तिकरण सहितको सामाजिक जागरण : ग्रामीण तथा शहरी महिलाको जीवनस्त रुपान्तरण” भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।

संयुक्त मुल आयोजक समितिले सदरमुकाम गाईघाटको पिपलचौकमा भब्य कार्यक्रमको आयोजना गर्यो । त्रियुगा नगरपालिकाको सहयोगमा आयोजित उक्त कार्यक्रममा वडा सदस्यदेखि प्रतिनिधिसभाका सांसदसम्मलाई अभिनन्दन गरिएको उक्त कार्यक्रममा श्रमिक महिलाहरुलाई समेत सम्मान गरिएको थियो ।

गाईघाट बजार र्यालीले परिक्रमा गरी गरिएको कोणसभालाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य प्रमिला राई, प्रदेश सांसदहरु, मेयर, उपमेयर, वडाध्यक्ष लगायत निमित्त प्रमुख जिल्लाअधिकारी, नागरिक समाज, पत्रकारले सम्बोधन गरेका थिए ।

उदयपुरका जिल्ला समन्वय समिति, महिला तथा वालवालिका कार्यालय, गैसस महासंघ नेपाल, अनेम संघ, नेपाल महिला संघ, अनेम संघ क्रान्तिकारी, नेपाल निजामती कर्मचारी संगठन, महिला मानव अधिकार रक्षक संजाल, ओरेक नेपाल, हुरेण्डेक, राष्टिय कृषक समुह महासंघ, नेस्पेक, जाल्पा एकिकृत विकास, मासवेस, सेतोगुराँस, नवप्रभात नेपाल पेशोक, गाईघाट युवा क्लव, वाल विका समाज, सुशासनका हिमायती, सुरक्षित आप्रवास परियोजना, संगन सामुदायिक पुस्तकालय, एसीडीसी, महालक्ष्मी महिला सहकारी संस्थाको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

त्यसैगरी दिवसकै अवसरमा लंगिक हिंसा न्यूनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम त्रियुगा नगरपालिका ५ देउरीमा सम्पन्न भयो । नमुना महिला बचत तथा ऋण सहकारी संस्था, देउरी र उषाकिरण महिला बचत तथा ऋण सहकारी संस्था, मोतिगडाको संयुक्त आयोजना तथा महिला तथा वालवालिका कार्यालयको सहयोगमा पञ्जेबाजासहित भब्य र्यालीले देउरी बजार परिक्रमा भएको थियो ।

र्याली पछि वडा कार्यालयमा भएको कोणसभालाई प्रमुख अतिथि उपमेयर देवी चौधरी, विशेष अतिथि महिला तथा वालवालिका कार्यालय प्रमुख निर्मला कार्की लगायतले सम्बोधन गर्नुभएको  थियो ।

उक्त कार्यक्रममा आरेकले सूचना डेक्स नै राखेर महिला हिंसा विरुद्ध, समानता सन्देश, बालविवाह, बहुविवाह, आर्थिक सवलीकरण जस्ता विषयका पुस्टक, पम्प्लेट वितरण तथा अध्ययन, अवलोकन गराएको थियो । यसैगरी यसबर्ष जिल्लाको आठ वटै स्थानीय तहमा विविध कार्यक्रमका साथ दिवस मनाइएको बताइएको छ ।