
पूर्णपुष्टि, जेष्ठ १८
कोरोना बाट ग्रसित विवेकशील पार्टीका पूर्व संयोजक उज्वल थापाको निधन भएको छ । थापाको निधन मंगलबार हस्पिटलमा उपचारको क्रममा भएको हो । २ हप्ता देखि हस्पिटलमा उपचारार्थ थापाको आज ४ बजे निधन भएको हस्पिटलले जनाएको छ । थापाको काठमाडौंको मेडिसिटी अस्पतालमा इक्मो प्रविधिबाट उपचार गराइरहेको थियो ।
थापाको निधन भएको बारे हस्पिटलले बिज्ञाप्ती मार्फत जानकारी गराएका छन् । हस्पिटलका प्रवक्ता तथा मेटिकल सुपरिटेन्डेन डा. राज राणा र मुटु शल्यचिकित्सक डा. बिजय राजवंशीको हस्ताक्षर बिज्ञाप्तीमा थापाको निधनबारे खुलाइएको छ ।
थापाको पिसिआर रिपोर्ट नेगेटिभ आएको भएपनि शरिरको अंगहरुले प्रभावकारी काम गर्न नसहिरहेको र जटिल संक्रमणको प्रभावका कारण स्वास्थ्य स्थिति सुधार हुन नसकेका कारण निधन भएको बिज्ञाप्तीमा उल्लेख गरिएको छ ।
