Saturday, June 20News That Matters

उदयपुरमा थप ४७ जनामा संक्रमण पुष्टि

पूर्णपुष्टि, जेष्ठ १८ 

उदयपुरमा आज (मंलबार) थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा संक्रमिको संख्या एक हजार दुई सय ९० पुगेको हो ।

आज थप २४ पुरुष  र २३ महिलामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । सबै भन्दाबढी त्रियुगामा १७, बेलकामा १० र चौदण्डीगढी नगरपालिकामा छजनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै लिम्चुङबुङमा आँठ र रौतामाई गाउँपालिकामा छ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ ।

कोरोना जितेर आज दुईजना घर फर्किएसँगै जिल्लामा संक्रमण मुक्त हुनेको संख्या दुई सय ३९ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट जिल्लामा ३५ जनाले ज्यान गुमाइसकेका छन् ।