Sunday, June 21News That Matters

सरकारले लोकप्रिय बजेट ल्याएको छ ः राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य राई

पूर्णपुष्टि, जेष्ठ १८

नेकपा एमालेका युवा नेता तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय स्थाई कमिटिका सदस्य मन्दीप राईले हाल सरकारले ल्याएको बजेट ऐतिहाँसिक र लोकप्रिय रहेको प्रतिक्रिया दिनुभएको छ । राईले यस बजेटलाई बिगतका प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा आएपश्चातको बजेटको रुपमा प्रस्तुत भएको जनाउनु भयो ।

यस बजेटले बर्षौ देखिको जनगुनासोलाई समेटेको र संसदिय कोषको बजेट भरुवा पोषणको लागि भनेर भ्रमित रहेको जनताहरु माझ बजेट व्यवस्थापन भएको बताउनुभयो । बिगतमा जनताहरुमा रहेको भ्रम र सरकारको गल्तीलाई पनि यसबजेटले सच्याएको उहाँको भनाई छ ।

बिभिन्न चुनौतीको बिचमा पनि कोरोनाको माहामारीले अर्थत्रन्त्रलाई समेत कम्जोर बनाउँदा बनाउँदै गर्दाको समयमा सरकारले जनमैत्री र जनमुखी बजेट ल्यान सफल भएको उहाँको भनाई छ ।

कार्यन्वयनको पक्षमा भने सरकारको राम्रो र लोकप्रिय कामलाई पछि आउने जुन सुकै पनि सरकारले साथ दिनु पर्ने बताउनुभयो । सधै एउटै सरकार नचल्ने हुदा पछि आउने सरकारले पनि लोकप्रिय र विगतको सरकारले गरेको राम्रो कामको सधै निरन्तरता दिनु पर्ने उहाँले बताउनुभयो ।

उहाँले सामाजिक सुरक्षा भत्ता हाल सम्म पनि लोकप्रिय छ कुनै पनि दल र फेरिएको सरकारले कटौती गर्न नसक्ने बताउनुभयो । किनकी त्यो कार्यक्रमको लोकप्रियताका कारण रहेको उहाँको भनाई छ । हाल सम्म आईपुग्दा बरु सामाजिक सुरक्षा भत्ता कार्यक्रम बृद्धि भएको छ कटौती होईना उहाँको भनाई छ ।