Wednesday, April 22News That Matters

विशाषय कालिका बचत तथा ऋण सहकारी बचतकर्ता पीडित परिवारद्धारा शेयर र बचत फिर्ता गर्न माग

पूर्णपुष्टि, भदौ १८ । उदयपुरको चौदण्डीगढी नगरपालिका–१ स्थित चारघरे कार्यालय बनाई विषयक कालिका बचत तथा ऋण सहकारी पिडित परिवारले शेयर र बचत फिर्ता पाउनुपर्ने अधिकार सुनिश्चित गर्न माग गरेको छ । बुधबार आँपखहरे सामुदायिक वन भवनको कार्यालयमा सहकारी बचतकर्ता पीडित परिवारले पत्रकार सम्मेलन गर्दै सम्बद्ध निकायसँग यस्तो माग गरेका हुन् ।

सहकारी पिडित संस्थाले निष्क्रिय रहेको संस्थाको साईनबोर्ड सहित अबिलम्व संस्था खुलाई संस्था नियमिति संन्चालनमा ल्याउन, सम्पूर्ण बचत रकम अध्यावधी गरि नियम अनुसार बचत रकम फिर्ता गर्न, शेयर संख्या यकिन गरी फिर्ता लिनेको वोनस सहित रकम फिर्ता तथा नलिनेको अविलम्व सेयर प्रमाण पत्र प्रदान गर्न र आगामी भाद्र महिना भरिमा सम्पूर्ण हर शिसाव चुस्त दुरुस्त गरी आ.ले.प. तथा म.ले.म. गराई साधारण सभा गरी सोही दिन विगतमा भए गरेका कमि कमजोरीहरुको बारेमा सम्पूर्ण चौदण्डिबासी समक्ष माफी माग्नुपर्ने माग गरेको छ ।

राज्यको तिन खम्बे निति एक गाउँ एक सहरकारी अनुरुप २०६८ साल तिर समाजसेवी समूह उदयपरको सक्रियतामा बैधानिकता पाएर स्थापना भएको सहकारी संस्थालाई चलायमान बनाउन तथा बिधि बिधान सम्मत संचालन गर्नको लागी काठमाडौँमा सहाकारी चलाएको राम्रै अनुभव भएको सिताराम राईको अध्यक्षतामा एक टिम पुनर्गठन गरी संचालन सुरु भएको थियो ।

सम्पूर्ण प्रक्रिया पूरा गरी संचालन भएरै युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत युवा स्वरोजगार कोषले पनि दुई किस्ता गरी ८० लाख रुपैँया ऋण उपलब्ध गराएको थियो । युवा स्वरोजगार कोषको नियम अनुसार एक व्यक्तिलाई बढिमा दुईलाख सम्म ऋण दिन मिल्नेछ । सोहि अनुरुप थुप्रै शेयर सदस्य तथा बचत कर्ताहरुले पनि ऋण मागको आबेदन पेश गरेका थिए भने संचालन समिति र उपसमिति भित्रका व्यक्तिबाट नक्कली ऋणी खडा गरी ऋण प्रवाह गरेको कागजात बनाई रकम अपचलन भएको थियो ।

सहकारीको रकम अपचलन भएपछि तामझामका साथ संचालन भईरहेको संस्था बन्द भएको थियो । कार्यालयमा संस्थाको नाम निशाना हटाईएको थियो । बेला बेलामा युवा स्वरोजगार कोषबाट अनुगमन आउँदा संस्थाको जिम्मेवार व्यक्तिनै सम्पर्क विहिन भएपछि बेल्टार बजार बाटै फर्किएको सहकारी पिडित परिवारले जनाएको छ ।

पिडित परिवारका अनुसार अपचलन भएको रकमको नियमित किस्ता फिर्ता गरेर सहकारीलाई उन्मुक्ति दिए भने भै गानि भनेर बिश्वासमा बसिरहेको बेला स्वरोजगार कोषको कार्यालयबाट नै सम्बन्धित सबैको बैंक खााहरु रोक्का गरेर किस्ता तागेता गर्न शुरु गरेपछि मात्र किस्ता नियमित भएन भन्ने कुरा छलङ्ग भएको हो ।

प्रशासनमा निवेदन लिएर जाँदा सहकारी पीडित परिवारलाई लेखाइको शैली मिलेन भनेर फर्काइएको थियो । पीडित परिवारका अनुसार एक वकिलबाट नै लेखाइएको निवेदन को शैली कहाँ गलत भयो भनेर प्रश्न गर्दा समेत प्रशासनले नसुनेको गुनासो गरेका छन् ।

तर, इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख भविन राईले यो समस्या हल गरेका हुन् । प्रमुख राईले कोषको ऋण रकम फिर्ता गर्न लगाएपछि समस्या समाधान भएको सहकारी पिडित परिवारले जनाएको छ । ऋण फिर्ता भएपछि सहकारी पिडित परिवारले साधारण सभा गरेर शेयर र बचत फिर्ता गर्नुपर्ने माग राखेका हुन् ।