
पूर्णपुष्टि, २८ पौष । विश्वकर्मा सुनचाँदी व्यवसायी संञ्जाल बिजी एन्टस् गु्रपको केन्द्रीय चौँथो बार्षिक साधारण सभा उदयपुरमा सम्पन्न भएको छ ।
शनिवार जिल्ला समन्वय समितिको प्रमुख गौर बहादुर विश्वकर्माको प्रमुख आतिथ्यता तथा नेपाल सुनचाँदी व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष अर्जुन रसाईलीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । यस संञ्जालले बिषेशतया गहना उत्पादन गरी देशभरीका सुनचाँदी व्यवसायीहरुलाई वितरण गर्ने र विदेशमा समेत पठाउने काम गर्छ । देशभरीका सुन व्यवसायीहरुको सियर लगानीमा बिजी एन्ट्स गु्रप संञ्चालन गरिएको छ । नेपाल सरकार सँग लिगल रुपमै सम्बन्ध राखेर नारायणघाटबाट गहना उत्पादन गरिरहेको आयोजकले जनाएको छ ।