
विश्वमा पछिल्लो २४ घण्टामा सात लाख ८५ हजार आठ सय ९६ जना कोरोना सङ्क्रमित थपिएका छन् । यस्तै विश्वभर १३ हजार दुई सय ६८ जनाले ज्यान गुमाएका छन् ।
विश्वमा कोरोना सङ्क्रमितको संख्या १३ करोड ५२ लाख ८९ हजार आठ सय ६९ पुगेको वर्ल्डओमिटरको तथ्याङ्कले देखाएको छ ।
कोरोना सङ्क्रमणबाट विश्वमा अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या २९ लाख २७ हजार ६ सय ८४ पुगेको छ । गत २४ घण्टामा सबैभन्दा धेरै भारतमा एक लाख ४४ हजार आठ सय २९ जना नयाँ सङ्क्रमित थपिएका छन् भने सात सय ७३ जनाको ज्यान गएको छ ।
त्यसैगरी ब्राजिलमा ८९ हजार ९० जना सङ्क्रमित थपिँदा तीन हजार ६ सय ४७ जनाको ज्यान गएको छ । गएको २४ घण्टाभित्र ब्राजिलमा ज्यान जानेको संख्या विश्वमै सबैभन्दा धेरै हो ।

