
पूर्णपुष्टि, भदौ १३
विश्वमा अहिलेसम्म एक करोड ७२ लाखभन्दा बढी मानिस उपचारपछि कोरोना मुक्त भएका छन् । विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाईरसबाट अहिलेसम्म दुई करोड ४८ लाख ९० हजार जनामा सङ्क्रमण पुष्टि भएको वल्ड्रोमिटरले जनाएको छ ।
उक्त संक्रमितमध्ये एक करोड ७२ लाख ७५ जना उपचारपछि निको भएका छन् भने आठ लाख ४० हजार पाँच सयको मृत्यु भएको जनाईएको छ ।
सबैभन्दा धेरै अमेरिकामा ६० लाख ९३ हजार जनामा सङ्क्रमण देखिएकोमा ३३ लाख ७० हजार जना निको भएका छन् भने एक लाख ८५ हजार नौ सय जनाको मृत्यु भएको छ । ब्राजिलमा ३८ लाख १२ हजार जनामा सङ्क्रमण देखिएकोमा एक लाख १९ हजारको मृत्यु भएको छ ।
भारतमा ३४ लाख ६१ हजार जना कोरोना संक्रमण पुष्टि हुदा २६ लाख ४७ हजार निको भएका छन् भने ६२ हजार सात सय जनाको मृत्यु भएको जनाईएको छ ।
