Friday, May 22News That Matters

गुणस्तरहीन भारतीय औषधि फिर्ता गर्न निर्देशन

पूर्णपुष्टि, भदौ १३

औषधि व्यवस्था विभागले एउटा भारतीय औषधि गुणस्तरहीन भएको भन्दै बिक्री वितरणमा रोक लगाउँदै फिर्ता गर्न निर्देशन दिएको छ ।

एलको एक्स २५० एमजी क्याप्सुल नामको औषधिको गुणस्तर परीक्षण गर्दा न्यून गुणस्तरको देखिएकाले नेपालमा बिक्री वितरण गर्न रोक लगाउदै औषधि फिर्ता गर्न विभागले निर्देशन दिएको हो ।

भारतको लेबेन ल्याब्रोटरिजले उत्पादन गरेको औषधी हो । यो औषधि भारत फिर्ता गर्न र त्यसको विवरण विभागमा पेस गर्न आयातकर्तालाई विभागले निर्देशन दिएको जनाईएको छ ।