Friday, May 22News That Matters

विश्वमा एक करोड ७२ लाखभन्दा बढी मानिस कोरोना मुक्त

पूर्णपुष्टि, भदौ १३

विश्वमा अहिलेसम्म एक करोड ७२ लाखभन्दा बढी मानिस उपचारपछि  कोरोना मुक्त भएका छन् । विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाईरसबाट अहिलेसम्म दुई करोड ४८ लाख ९० हजार जनामा सङ्क्रमण पुष्टि भएको वल्ड्रोमिटरले जनाएको छ ।

उक्त संक्रमितमध्ये एक करोड ७२ लाख ७५ जना उपचारपछि निको भएका छन् भने आठ लाख ४० हजार पाँच सयको मृत्यु भएको जनाईएको छ ।

सबैभन्दा धेरै अमेरिकामा ६० लाख ९३ हजार जनामा सङ्क्रमण देखिएकोमा ३३ लाख ७० हजार जना निको भएका छन् भने एक लाख ८५ हजार नौ सय जनाको मृत्यु भएको छ । ब्राजिलमा ३८ लाख १२ हजार जनामा सङ्क्रमण देखिएकोमा एक लाख १९ हजारको मृत्यु भएको छ ।

भारतमा ३४ लाख ६१ हजार जना कोरोना संक्रमण पुष्टि हुदा २६ लाख ४७ हजार निको भएका छन् भने ६२ हजार सात सय जनाको मृत्यु भएको जनाईएको छ ।