
पूर्णपुष्टि, साउन २६
विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई करोड नाघेको छ । विश्वका विभिन्न देशमा भाईरस फैलिदा दुई करोड ३१ हजार पाँच सय भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ ।
विश्वमा कोरोना सङ्क्रमणबाट सात लाख ३४ हजार एक सयभन्दा धेरैको मृत्यु भएको छ । कोरोना सङ्क्रमण भएका मध्ये एक करोड २९ लाख चार हजारभन्दा धेरै उपचारपछि निको भएको जनाईएको छ ।
अहिले विश्वमा ६३ लाख ९३ हजार चार सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरुमध्ये ६४ हजार आठ सयभन्दा धेरै गम्भीर बिरामी रहेका छन् ।
