
पूर्णपुष्टि, साउन २६
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । पूर्वराष्ट्रपति मुखर्जीले ट्वीट गर्दै आफूमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।
उहाँलाई सोमबार गरिएको जाँचमा कोरोनाको सङ्क्रमण पाइएको जानकारी गराउनु भएको छ । साथै उहाँले पछिल्लो हप्ता आफ्नो सम्पर्कमा आएकालाई छुट्टै बस्न आग्रह गर्दै कोभिड–१९ जाँच गर्न भन्नुभएको छ ।
केही दिनअघि मात्र भारतीय गृह मन्त्री अमित शाहलाई पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।
