
पूर्णपुष्टि, साउन २६
अध्यागमन विभागका एक कर्मचारीमा कोरोना भाईरसको संक्रमण देखिएपछि विभागको सेवा बन्द गरिएको छ । विभागका ५७ जना कर्मचारीको स्वाव परिक्षणमा एक जनामा संक्रमण देखिएको हो ।
कर्मचारीमा संक्रमण पुष्टि भएपछि इमर्जजेन्सीबाहेक सबै सेवा बन्द गरेको विभागले जनाएको छ । अब उनको सम्पर्कमा आएका व्यक्तिको खोजी गरेर थप परीक्षण गरिदै छ ।
विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भएपनि त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित रहेको छ ।
