Friday, May 22News That Matters

विश्वमा साढे १ करोड भन्दा बढी कोरोना सङक्रमण मुक्त

पूर्णपुष्टि, भदौ १०

विश्वमा एक करोड ६६ लाख जना उपचारपछि कोरोना मृक्त भएका छन् । विश्वमा दुई करोड ४० लाख ४१ हजार भन्दा बढीमा सङक्रमण पुष्टि भएका मध्ये एक करोड ६५ लाख ९० हजार जना उपचारपछि निको भएको वल्डोमिटरले जनाएको छ ।

उक्त संक्रमितमध्ये विश्वमा आठ लाख २२ हजार चार सय जनाको मृत्यु भएको जनाईएको छ ।

सबैभन्दा बढी अमेरिकामा ५९ लाख २४ हजार जनामा सङक्रमण पुष्टि भएको छ भने ३२ लाख ५१ हजार जना उपचारपछि निको भएका छन् । उक्त संक्रमित मध्ये एक लाख ८२ हजार भन्दा बढीको मृत्यु भएको जनाईएको छ ।

छिमेकी देश भारतमा अहिलेसम्म ३२ लाख ३१ हजारमा कोरोना सङक्रमण पुष्टि भएको छ भने ५९ हजार ६ सय जनाको मृत्यु भईसकेको छ ।