Monday, April 20News That Matters

वीर सहिद लाजेहाङ र पहिचानको आन्दोलन ।

ललित राई
गत चैत्र ५ गते प्रदेश नं। १ को राजधानी बिराटनगरमा लाजेहाङ लाई प्रहरीले यसरी पिट्यो कि लाजेहाङको शरीरबाट रगत नै ननिकाली ज्यान गुमाउनु पर्यो । प्रहरीको त्यो घाउ चोट नदेखिने कलात्मक कुटाई । फागुन १७ गते प्रदेश नं । १ को नामॉकन यसरी प्रस्तावितसंगै पारीत गराईयो कि कतिपय सॉसदहरुले यस्को भेउ समेत पाएनन् । दुबै घट्नामा खतबात नदेखिने ।
दलका मुख्य नेता तथा केही माननीयहरुले छर्लंग बुझेपनि केही माननीयहरुले धमिलोसंग मात्रै बुझेका थिए, भने कसैले त मतदान गर्ने केही समय अघिमात्र चाल पाए । यस्सै होला भन्ने हेक्का नै थिएनछ ।
आकस्मिक रुपमा २ अप्सन सहित कोशी रोज्ने वा घर जाने पक्कै भनिएको हुनुपर्छले चट्याङ परेका माननियहरु छदाखादाको जागिर गुमाउनु चाहेनन् र दुई तिहाई बहुमत सहित कोशीमा पौडिन बाध्य भए । भौतिक रुपमा पनि कोशीमा पानी यो मौसममा अहिले अलि घटेको छ ,सजिलै पौडिन सकिहालिन्छ कि भन्ने मनोबिज्ञानले सॉसदहरु रमाएका थिए होलान, तर अब कोशीमा भेलबाढी आउने सिजन आउनासाथ ज़रा किलो उखालेर बगायर लाने गरेको सत्यता प्रदेश १ माननीयहरुले बुझ्नु पर्ने बेला आएकोछ ।
सामान्यतया ब्रह्माण्डलाई बुझ्न सक्ने फरक क्षमता भएका मनुष्य जगतले किरात लिम्बुवानलाई ईतिहास, सभ्यता ,भुगोल र संस्कृति देखेर कलम,मायकबाट दुनियालाई भनिरहेका छन्, यो किमार्थ जात होईन । यो नामले पिटीक्कै जातलाई जनाउदैन । यो स्वर अलि मधुरो तर मिठास छ भने अर्को तिर यो जातै हो ,यो जातीबादी नै हो ,यस्ले राज्य टुक्रिन्छ ,मिलेर बसेको समाजमा फाटो ल्याउछ ,लगायत अनेक तरहको बिलौना छ । जो अलि कर्कस र ठुलो छ र गोयबल्स शैलीमा अपवाद बाहेक सबैको मस्तिष्कमा घुसेको छ।यो चै मतादेशबाट बिजयी भएको छ।क्षणिक जीत जस्तो देखिएको छ।जित्नेहरु मदमस्त हॉसोमा बेरोज़गार बजार ,चिया दोकान र मास मेडियामा छादिरहेका छन्,अर्को तर्फ पदम लिम्बु ९लाजेहाड००हरु सदन, सडक र चोकहरुमा रुईरहेका ,थुकिरहेका र आगो ओकेलीरहेका छन्, मरीरहेका छन् र मारिरहेका छन् ।

अहिले अब सिंगो समाज दुई ध्रुबमा ध्रुवीकृत हुन उद्धत छ । अब एउटा पाटोलाई लाजेहाड० बिचारले नेतृत्व गरेर हिडाउने छ र अर्को लाजेहाड०को बिरोधीहरुले नेतृत्व गर्नेछन्।
यो बिषयलाई नज़रअन्दाज़ गरेर राज्य मौन बस्दा भविष्य चै कोही कसैको सुनौलो देखिन्दैन।राजनैतिक अस्थिरताले बढीभन्दा बढी आर्थिक कृयाकलाप क्षेत्र नै ध्वस्त हुने हो ।सबैभन्दा बढी मारमा व्यापारी उद्योगी,मज़दूर र बिद्यार्थी बर्ग पर्नेछन् । शान्ति कायम हुन नसकेमा हामीले नेपालको १० बर्षे शसस्त्र जनयुद्ध , मधेस , आदिवासी जनजाति बिद्रोह खेपेर भोगेर आएका भुक्तभोगिहरु नै छौ। तसर्थ राज्य एकदकम भएपनि पछि हटेर बहु पहिचानको मुद्धामा पहिचान पक्षधर नागरीकले उठाएको मुद्धालाई सम्बोधन गर्नुको बिकल्प छैन।राज्य ,राष्ट्र कहिल्यै हार्दैन, । पहिचान पक्षधरले पनि राज्यलाई गल्ती गर्यौ भनेर कान समाएर उठ्बस् गराउने र राज्यले पनि बन्दुक र बुटले ठेगान लाउने निती र सोच त्यागेर सार्थक वार्ताको लागि वातावरण तयार गर्नु अहिलेको आवश्यकता हो ।