
वैशाख १ गतेदेखि गृह मन्त्रालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रहेको भवनमा सर्ने भएको छ । वि.स २०७२ सालको भूकम्पले केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको भवनमा सरेको थियो ।
सिंहदरबारको पूर्वी भवनको पुनर्निर्माण सम्पन्न भएपछि प्रधानमन्त्री कार्यालय सोही भवनमा सरेसँगै उक्त खाली भवनमा गृह मन्त्रालय सर्न लागेको हो ।
गृहमन्त्री रामबहादुर थापाले शुक्रबार भवनको निरीक्षण गरेका छन् ।
